यूनाइटेड अजोडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

१५ कार्तिक २०८०, बुधबार १०:१६

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

कम्पनीले साविक यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी हुन पाउने जनाएको छ ।

परीक्षा कात्तिक १९ गते दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म कम्पनीको प्रधान कार्यालय, सिटीसी मल सुन्धारा–काठमाडौंमा सञ्चालन गरिनेछ । इजाजत पत्र जारी गर्नको लागि परीक्षा दस्तुर ५०० तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*