शिखर इन्स्योरेन्सले चार जिल्लामा बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

१५ कार्तिक २०८०, बुधबार १२:४१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चारवटा जिल्लामा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटै जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले धादिङ्ग, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीमा अभिकर्ता भई काम गर्न इच्छुक तथा योग्य व्यक्तिले तोकिएको समयभित्र सम्बन्धित शाखामा आवेदन दिई तालिममा सहभागी हुन सक्नेछन् ।

साथै, तालिको अन्तिम दिन सहभागीहरुले अनिवार्य रुपमा एक घण्टाको परीक्षा दिनुपर्ने र सो परीक्षामा ५० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेमा मात्र अभिकर्ता इजाजतपत्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*