सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन

२० कार्तिक २०८०, सोमबार ११:११

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यत्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलिले मन्तव्यको क्रममा कपुरकोट गांउपालिकाका किसानहरुलाई कृषि बीमाबाट लाभ लिनुहुन अनुरोध गर्दै पालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रमुख अतिथी कपुरकोट गांउपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले स्थानीय सरोकारवालाहरु सहितको कृषि बीमा सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेकोमा आयोजक कम्पनीलाई धन्यबाद दिदैं कृषकहरुलाई सरकारबाट बीमा शुल्कमा ८० प्रतिशत सम्मको अनुदान समेत रहेको र थोरै रकमले लाखौको सम्पतीको आर्थिक सुरक्षा प्रदान गर्ने भएकोले सबैले बीमा गरेर भविष्यमा आईपर्न सक्ने आर्थिक भारबाट मुक्त रहन बीमा गर्नलाई अभिप्रेरीत गरेका थिए ।

छलफल कार्यक्रममा सहभागी किसानहरुले कृषी तथा पशुपन्छी बीमा सम्बन्धी बृहत् छलफल चलाउनु भएकोमा खुशी व्यक्त गर्नुहुदै आफ्ना बालीनालीको बीमा गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले छलफल कार्यक्रममा उपस्थित भएकाहरुलाई धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए । उक्त छलफल कार्यक्रमको सञ्चालन तथा स्वागत कम्पनीका सल्यान शाखाका प्रमुख अनुराग बोहराले गरेका थिए ।

 कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, बिशिस्ट अतिथिमै प्रमुख प्रशासकिय अधिकृत भरत कुमार ओलि रहेका कम्पनीले जनाएको छ ।

त्यसैगरी अतिथिहरुमा ३ नं. वडाका वडाअध्यक्ष प्रदिप खड्का, ५ नम्बर वडा अध्यक्ष होमराज खड्का ६ नम्बर वडा अध्यक्ष श्याम कृष्ण बोहरा, विभिन्न कार्यपालिका सदस्यहरु, पशु शाखा प्रमुख अरुणा भन्डारी, कृषि शाखा प्रमुख टीका कुमारी राई, बनस्पति कार्यालय कपुरकोट मुलपानीका प्रमुख डाः मित्र पाठक, कृषि बिकाश अधिकृत प्रकाश पौडेल लगायत स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न वडाका कृषक तथा कृषि समुहका अगुवाहरु गरी ८५ जनाको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*