घर बेच्न चाहानुहुन्छ ? सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यी क्षेत्रमा घरजग्गा खरिद गर्ने

२० कार्तिक २०८०, सोमबार १५:४२

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले तोकिएको क्षेत्रमा मापदण्ड पुगेका घरहरु खरिद गर्न लागेको हो ।

कम्पनीेले विराटनगर तथा वीरगंज महानगरपालिका, बुटवल र नेपालगन्ज उप–महानगरपालिका र सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र डेढ कठ्ठादेखि तीन कठ्ठा सम्म क्षेत्रफलमा फैलिएको घर जग्गा खरिद गर्न लागेको हो ।

तोकिएको मापदण्ड पुरा भएको घर जग्गा बेच्न इच्छुक घरधनीले आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

घरजग्गा खरिदको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना -

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*