शिखर इन्स्योरन्सको वार्षिक उत्सवको अवसरमा तीन दिने राष्टव्यापी रक्तदान कार्यक्रम गर्ने

२१ कार्तिक २०८०, मंगलवार १८:०३

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म तीन दिने राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कम्पनीले कार्तिक २१ गतेबाट बागमती प्रदेश उपत्यका बाहिरबाट नौबिस र चनौलीमा, गण्डकी प्रदेश बाट कावासोतीमा रक्तदान कार्यक्रम गर्ने भएको छ । कोशी प्रदेशबाट विराटनगर इटहरी र विर्तामोडमा उक्त कार्यक्रम गर्ने भएको छ ।

कम्पनीले कार्तिक २२ गते सुदूरपश्चिम प्रदेश बाट धनगढीमा, लुम्बिनी प्रदेशबाट दाङ र बुटवलमा, गण्डकी प्रदेश बाट पोखरामा, बागमती प्रदेश उपत्यका बाहिरबाट धादिंग, टाँडी, हेटौडा र नैबिसेमा, अनी बागमती प्रदेश उपत्यका भित्रबाट भक्तपुर र गोंगबुमा गर्ने भएको छ ।

येस्तै गरि कार्तिक २३ गते कर्णाली प्रदेशबाट सुर्खेतमा,बागमती प्रदेश उपत्यका बाहिरबाट नारायणगढ़ र नुवाकोटमा, अनी बागमती प्रदेश उपत्यका भित्रबाट काठ्माण्डौ केन्द्रिय कार्यालय र लुभुमा , मदेश प्रदेशबाट लहानमा रक्तदान कार्यक्रम हुने भएको छ ।

 

एस प्रकारका रक्तदान कार्यक्रले समाज, समुदायमा सकारात्मक प्रभाव पर्ने र उक्त कायक्रमा सबै आम नागरिकहरुले सक्दो सहभागिता र सहयोग हुने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*