निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ३.६६%ले घट्यो, पाँच कम्पनीको व्यवसायमा गिरावट (सूचीसहित)

२२ कार्तिक २०८०, बुधबार १६:५८

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय घटेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क ३ दशमलव ६६ प्रतिशतले घटेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कुल १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क कमाएका थिए ।

गत आर्थिक वर्षकोको सोही अवधिको तुलनामा शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन २ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब २ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इनस्योरेन्सको कुल बीमा शूल्क आर्जन २ दशमलव ७३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा १ अर्ब ३५ करोड आर्जन गरेकोमा यस अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ मात्र आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन पनि २० प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, गत आवको सोही अवधिको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९ प्रतिशतले बृद्धि भई ९४ करोड ८३ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशतले बढेर ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको १ प्रतिशतले ८४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

असोज मसान्तसम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १० प्रतिशतले घटेर ७० करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० रुपैयाँले बढेर ६७ करोड ५५ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको ११ प्रतिशतले बढेर ५९ करोड ५४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३७ प्रतिशतले बढेर ५६ करोड ५८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ५६ प्रतिशतले घटेर ५५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सको ३२ प्रतिशतले बढेर ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको १४ प्रतिशतले घटेर ३७ करोड ५२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीको ३ प्रतिशतले घटेर ३७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*