तीन महिनामा निर्जिवन बीमा कम्पनीहरुले गरे ३ अर्बमाथिको व्यवसाय, सगरमाथा, शिखर र सिद्धार्थ अग्रस्थानमा

२२ कार्तिक २०८०, बुधबार १६:४६

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज महिनामा ३ अर्ब माथिको प्रिमियम रकम कलेक्सन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका हुन् ।

प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रिमियम कलेक्सन गरेको देखिएको छ। कम्पनीले असोज महिनामा ४० करोड रुपैयाा प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले असोज महिनामा ३७ करोड ८८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। कम्पनीले असोज महिनामा ३३ करोड १३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

प्राधिकरणको तथ्यांक अनुसार नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ, आईजीआई पु्रडेन्सियलले ३१ करोड १५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४ करोड रुपैयाँ युनाईटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ५ लाख रुपैयाँ, दि ओरियन्टलले १९ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १५लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड ९० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७ करोड र राष्ट्रिय बीमा कम्पनीले ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*