एक महिनामा ८ प्रतिशतले बढ्यो निर्जिवन बीमा कम्पनीको प्रिमियम, तीनको घट्यो, अन्यको अवस्था कस्तो ?

२२ कार्तिक २०८०, बुधबार १७:१०

काठमाडौं । भदौ महिनाको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ प्रतिशतले घटेको छ। आर्थिक मन्दीको असर बैंक तथा वित्तिय क्षेत्रमा देखिरहेको बेलामा बीमा कम्पनीहरुमा पनि त्यस्को प्रत्यक्ष असर भने पर्न गएको बीमा कम्पनीहरुको तथ्यांकले देखाएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गर्न सफल भएका छन् ।
गत महिना अर्थात भदौ महिनाको सोहि अवधिमा निर्जिवन बीमा कम्पनीहरु ३ अर्ब ९ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।

गत महिनाको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कु्ल बीमाशुल्क आर्जन ८ प्रतिशतले वृद्धि भएको देखिएको छ।

वृद्धिदरको आधारमा

वृद्धिदरको आधारमा हेर्ने हो भने भारतीय शाखाको रुपमा नेपालमा बीमा व्यवसाय गर्दै आईरहेको ओरियन्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ५९ प्रतिशतले बढेको छ।
दोस्रोमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन ४७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

तेस्रोमा युनाईटेड अजोड इन्स्योरेन्स कमपनी रहेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन भदौको तुलनामा ३२ प्रतिशतले बढेको छ ।

तीन कम्पनीको बीमा व्यवसायममा गिरावट

भदौ महिनाको तुलनामा तीन निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन घटेको छ ।

एक महिनाको अवधिमा ७ देखि ८० प्रतिशतसम्म बीमा व्यवसायमा गिरावट निर्जिवन बीमा कम्पनीहरुमा देखिएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनामाको तुलनामा सबैभन्दा धेरै सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनीको घटेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन अघिल्लो महिनाको तुलनामा ८०। ८० प्रतिशतले घटेको छ।

दोस्रोमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो महिनाको तुलनामा ३१ प्रतिशतले घटेको छ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको बीमाशुल्क आर्जन अघिल्लो महिनाको तुलनामा ७ प्रतिशतले घटेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।

असोज महिनाको आधारमा
प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रिमियम कलेक्सन गरेको देखिएको छ। कम्पनीले असोज महिनामा ४० करोड रुपैयाा प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले असोज महिनामा ३७ करोड ८८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।
तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। कम्पनीले असोज महिनामा ३३ करोड १३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

प्राधिकरणको तथ्यांक अनुसार नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ, आईजीआई पु्रडेन्सियलले ३१ करोड १५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २४ करोड रुपैयाँ युनाईटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ, सानिमा जिआईसीले २२ करोड ५ लाख रुपैयाँ, दि ओरियन्टलले १९ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड १५लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड ९० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७ करोड र राष्ट्रिय बीमा कम्पनीले ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*