दोलखामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

२२ कार्तिक २०८०, बुधबार १७:३२

काठमाडौं । सिद्धार्थ प्रिमियर प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले स्थानीयस्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको जनाएको छ ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबा सन्तोष पन्त, प्रबिण खतिवटा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*