सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बुद्धमाई अस्पतालसंग गर्यो सहकार्य

२२ कार्तिक २०८०, बुधबार ०५:०२

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच नगदरहित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित (क्यासलेस) मेडिकल सुविधा अझ प्रभावकारी बनाउन काठमाडौं बिजनेश पार्क टेकुमा अवस्थित उक्त अस्पतालसंग सहकार्य गरेको हो ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र अस्पतालको तर्फबाट अध्यक्ष प्रा. डा. दीपक राज सिहंले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बीमा कम्पनीको तर्फबाट डा. दिवेश बास्तोला र अस्पतालको तर्फबाट लक्ष्मण भण्डारी र राजेश तण्डूकारको पनि उपस्थिति रहेको थियो ।

अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा १० प्रतिशत र जेष्ठ नागरिक र गरिब असहायहरुलाई २० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । अबदेखि कम्पनीका बीमितले बुद्धमाई अस्पताल तथा अन्य अस्पताल नेटवर्कबाट स्वास्थ्य सेवा लिदा नगद बोक्ने झन्झटबाट मुक्त हुने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*