दाङमा हिमालयन एभरेष्टको पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

२४ कार्तिक २०८०, शुक्रबार १२:१७

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले दाङको घोराहीमा ३ तीन दिने कृषि, पशुपक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले बीमा प्राधिकरणको कृषि तथा पशुपक्षी बीमालाई कृषकहरु सक्षम बनाउने उद्देश्य अनुरुप सो तालिमको आयोजना गरिएको हो

कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गत दाङको घोराहीमा उक्त तालिम संचालन गरेको हो । तालिमा गत बुधवार अर्थात कात्तिक २२ गतेदेखि शुक्रबार (कात्तिक २४ गते) सम्म संचालन भएको हो ।

तालिमामा कम्पनीको केन्द्रिय कार्यालयका कृषि, पशुपक्षी तथा बीमा बीमा प्रमुख मनोहर अधिकारी, कृषि विज्ञ सोनु कँडेल र कम्पनीका लुम्बिनी प्रदेश प्रमुख शंकर श्रेष्ठकोको विशेष उपस्थितिमा तालिमा सम्पन्न भएको हो ।

कम्पनीका घोराही शाखा प्रमुख लोकराज पराजुलीले तालिमको सहजीकरण गरेका थिए भने संयोजन कम्पनीको तुलसीपुर शाखाका प्रमुख राजकुमार बस्नेतले गरेका थिए । कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा नै यस्ता तालिमहरुलाई देशव्यापी रुपमा संचालन गर्दै जाने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*