तनहुँमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

२४ कार्तिक २०८०, शुक्रबार १२:२४

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले तनुहँमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा उक्त तालिम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थितीमा कार्तिक २० देखि २२ गतेसम्ममा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*