शिखर इन्स्योरेन्सको ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

२४ कार्तिक २०८०, शुक्रबार १३:५९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले १९ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

कम्पनीले कार्तिक २१ गते नौबिसे, चनौली, कावासोती, विराटनगर, इटहरी र विर्तामोडमा रक्तदान कार्यक्रम गरेको थियो । त्यस्तै २२ गते धादिंग, टाँडी, हेटौडा, भक्तपुर, गोंगबु, धनगढी, दाङ, बुटवल र पोखरामा कार्यक्रम गरेको थियो ।

त्यस्तै, कम्पनीले कार्तिक २३ गते नारायणगढ़, नुवाकोट, लुभु, सुर्खेत र लहानसहित कम्पनीको काठमाडौंस्थित आफ्नै केन्द्रीय कार्यालयमा समेत रक्तदान कार्यक्रम गरेको थियो । यसरी सातै प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट १०६० पिन रगत संकलन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चालन गरेको उक्त रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । साथै उक्त रक्तदान कार्यक्रमको कदरस्वरुप नेपाल रेडक्रस सोसाइटीले कम्पनीलाई प्रशंसा पत्रसमेत प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*