सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

२५ कार्तिक २०८०, शनिबार १४:२९

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ९५ लाख रुपैयाँ कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीको महाविपत्ती कोषमा १६ करोड ४९ लाख रुपैयाँ, संचिती जगेडा कोषमा ५६ करोड २५ रुपैयाँ रहेको छ । कम्पनीले शेयर प्रिमियम मार्फत ४७ करोड ५९ रुपैयाँ आर्जन गरेको छ ।

यसका साथै, समीक्षा अवधिमा कम्पनीले पाँच अर्व ८७ रुपैयाँको बीमा कोष खडा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो कोषको आकार पाँच अर्ब ४४ करोड रुपैयाँको रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६२ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिमा ३४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ७८ लाख रुपैयाँ अभिकर्ता कमिशनमा र पुनर्बीमा मार्फत २८ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९६ पैसा र प्रति शेयर नेटवर्थ दुई सय ६१ रुपैयाँ ३९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*