तीन महिनामा नेपाल माइक्रो इन्स्योरेन्सको मुनाफा झण्डै डेढ लाख, कस्ता छन् अन्य वित्तीय सूचक ?

२५ कार्तिक २०८०, शनिबार १६:२५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले एक लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा १ लाख ५८ हजार रुपैयाँ र बीमा कोषमा २६ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको संचिती जगेडा कोषमा १४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले तीन लाख ७८ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तीन लाख १८ हजार रुपैयाँको खुद बीमा शूल्क आर्जन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*