तीन महिनामा सानिमा जिआईसीको मुनाफा २४ प्रतिशतले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?

२६ कार्तिक २०८०, आईतवार ११:११

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा चालु आर्थिक वर्षको तीन महिनामा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरणले नाफा बृद्धि भएको देखाएको हो ।

तीन महिनामा कम्पनीले तीन करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ प्रतिशतले बृद्धि भई ३७ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमा शुल्क आर्जन १२६ दशमलव ४३ प्रतिशतले बृद्धि भई १० करोड ७३ लाख रुपैयाँ संकलन भएको छ ।

यस अवधिमा कम्पनीले संचित मुनाफा २०७ दशमलव ५३ प्रतिशतले वृद्धि हुँदै ४ करोड ३३ लाख रुपैयाँ संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ५७ करोड ३४ लाख पुगेको छ । बीमा कोषमा तीन अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ८० पैसा रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*