प्रभु इन्स्योरेन्सका अधिकांश सूचकमा प्रगति, नाफा २१ प्रतिशतले बढ्यो

३० कार्तिक २०८०, बिहीबार १२:०४

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा आफ्नो वित्तीय प्रगतिमा उल्लेख्य सुधार गरेको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रभु इन्स्योरेन्सको अधिकांश सूचकमा प्रगति देखिएको हो ।
१ अर्ब ३७ करोड रुपैयाँ शेयर पूँजी भएको प्रभुले पहिलो तीन महिनामा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गएको आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीले ४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । यो नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा २१ प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिने अवधिमा प्रभुले ४४ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यो पल्ट कुल बीमाशुल्क आर्जनमा पनि प्रभु इन्स्योरेन्सले प्रगति गरेको छ ।

यो अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा वापत २९ करोड १४ लाख खर्चिएको थियो । यस्तै, प्रभुले यो पल्ट ८१ लाख १६ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

प्रभुले पहिलो तीन महिनामा १२ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १.७३ छ भने प्रति शेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा छ । प्रति शेयर नेटवर्थ अर्थात् किताबी मूल्य भने २०८ रुपैयाँ रहेको छ । कम्पनीको महाविपद जगेडा कोषमा ८ करोड ६४ लाख रुपैयाँ छ भने सञ्चिति जगेडा कोषमा ९ करोड ५४ लाख रुपैयाँ छ । अन्य इक्विटीमा १ अर्ब ३० करोड रुपैयाँ छ ।

पहिलो तीन महिनाको अवधिमा बीमा कोषमा १ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*