नेशनल इन्स्योरेन्सको नाफा ९८ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

३० कार्तिक २०८०, बिहीबार १२:३६

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीका अधिकांश वित्तीय सूचकहरुमा गिरावट आएको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले अधिकांश वित्तीय सूचक घटेको देखाएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको महाविपत्ती जगेडा कोषमा १ करोड ७९ लाख रुपैयाँ, स्पेशल जगेडा कोषमा १ अर्ब २४ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड १ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा बढी हो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको छ । यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य अंकले बृद्धि भई ३२ करोड ८३ लाख रुपैयाँबाट ३७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीले पुनर्बीमा मार्फत १४ करोड २६ लाख रुपैयाँ र अभिकर्ता कमिशन मार्फत २३ लाख ११ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*