शिखर इन्स्योरेन्सको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

१ मंसिर २०८०, शुक्रबार १०:१४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य अंकले बढेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले नाफा सामान्य बढेको देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २०.६४ प्रतिशत बढेर २७ करोड ७८ लाख पुगेको छ। कम्पनीको कमिशन आम्दानी र लगानी तथा कर्जाबाट आम्दानी भने समीक्षा अवधिमा क्रमशः ४.९८ प्रतिशत र ३.७६ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३३ करोड रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*