स्थापनाको छोटो अवधिमै शिखर चुम्ँदै शिखर इन्स्योरेन्स, १९ औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान

७ मंसिर २०८०, बिहीबार १४:२७

काठमाडौं । शिखर इन्स्योरेन्सले स्थापनाको १९ वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गर्दैछ । शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको थियो । यो पल्ट वार्षिकोत्सवको पूर्वसन्ध्यामा शिखरले देशव्यापी रुपमा तीन दिन रक्तदान कार्यक्रम गरेको छ । जसमा बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारणलगायतले रक्तदान गरेका थिए । साथै उक्त कार्यक्रमबाट १०६० पिन रगत संकलन भएको छ ।

२०६१ सालमा १५औँ निर्जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स स्थापनाको छोटो समयमै आम जनमानसमा छुट्टै छाप छोड्न सफल भएको छ । नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गरिसकेको शिखर इन्स्योरेन्स १० करोडको चुक्ता पूँजीबाट स्थापना भएको थियो । हाल २ अर्ब ६५ करोडको चुक्ता पूँजी रहेको शिखर पाँच अर्ब बढीको नेटवर्थ सहित निर्जीवन बीमा कम्पनीका रुपमा स्थापित भएको छ ।

चुक्ता पूँजी, नेटवर्थ, शाखा सञ्जाल, कर्मचारी संख्या, बीमाशुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सूचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीभन्दा राम्रो स्थानमा छ ।
गत वर्ष मात्रै शिखरले २ अर्ब ७७ करोडको दावी भुक्तानी गरेको छ । गएको वर्ष अर्थात् सन् २०२२–०२३ मा कुल बजार प्रिमियम मध्ये ५ अर्ब ३१ करोडको हिस्सा शिखर कै थियो ।

यस्तै, ७ अर्ब बढीको पुनर्बीमा सुरक्षण गरेको शिखरले आफ्ना कर्मचारीको संख्या समेत ६५० भन्दा बढी पुर्याएको छ । बीमाको क्षेत्रलाई विस्तार गर्न नेपालको भौगोलिक विकटता तथा आर्थिक आवश्यकता अनुरुपको बीमालेख जारी गर्ने कार्यमा समेत शिखर इन्स्योरेन्सको उल्लेखनीय योगदान छ । नेपालमा मौसमी सूचकांकमा आधारित कृषि बीमा, सूचकांकमा आधारित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा र साइलेज बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले दिइरहेको छ । शिखरले कृषि खेती र किसानलाई विशेष प्राथमिकतामा राखेको छ । २०७२ सालदेखि शिखर इन्स्योरेन्सले केरा खेतीको बीमा गर्दै आएको र वर्षेनी दाबी रकमभन्दा धेरै भुक्तानी दिँदै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीले केरा खेती बीमा अन्तर्गत वार्षिक ४ करोड बढी दावी भुक्तानी दिने गरेको छ ।

यस्तै, हिउँद तथा सुख्खाको समयमा पशुपालक किसानहरुलाई घाँसपातको अवभाव नहोस् भन्ने ध्येयले साइलेज बीमा योजना समेत प्रचलनमा ल्याएको छ । यस बीमाले साइलेज बनाउन मिल्ने बाली उत्पादन र उत्पादित बालीबाट तयार पारिएको साइलेजको भण्डारणका क्रममा हुन सक्ने जोखिमवापत क्षतिपूर्ती उपलब्ध गराउने गर्दछ ।

शिखर इन्स्योरेन्स कर्मचारीको सुविधाका सन्दर्भमा समेत निकै कर्मचारी मैत्री रहेको छ । महिला कर्मचारीहरुका लागि महिनावारीको समयमा बिदाको सुविधा समेत उपलब्ध गराएको छ । महिनाबारीका समयमा महिला कर्मचारीलाई हुने शारीरिक र मानसिक पीडाको समयमा आराम दिलाउनका लागि कम्पनीले बिदाको सुविधा दिएको हो ।

सम्मान र पुरस्कार
मौसमी सूचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई परेका जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण युके एडबाट सन् २०१९ मा ५० हजार पाउण्डस्ट्रलिङ सहितको पुरस्कार प्राप्त गर्न सफल भएको शिखरले इक्राको ‘ए प्लस रेटिङ’ प्राप्त गरेको छ ।

सन् २०१८ मा शिखरले कारोबार राष्ट्रिय दैनिकबाट इन्स्योरेन्स कम्पनी अफ द इयरको अवार्ड पाएको छ भने विभिन्न संस्थाहरुबाट विभिन्न वर्षहरुमा बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीबाट समेत पुरस्कृत हुँदै आएको छ ।

२०२१ मा एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्सको अवार्ड हात पारेको शिखरले सन् २०२२ मा नेपाल सरकार कृषि विभागबाट ‘कृषि बीमा तथा दाबी फछ्र्यौट गर्ने उत्कृष्ट बीमा कम्पनी’को पुरस्कार पाएको थियो । २०१६ मा सबैभन्दा बढी कर तिर्ने बीमा कम्पनीको रुपमा सम्मानित हुँदा २०१९ मा नेपाल रिबाट सबैभन्दा धेरै मुनाफा कमाएको बीमा कम्पनीका रुपमा पुरस्कृत भएको थियो ।

१९औं वार्षिकउत्सवको उपलक्ष्यमा कम्पनीको सफलतामा साथ तथा योगदान प्रदान गर्नुभएका विमित महानुभावहरु, कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर, शेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियमनकारी निकायहरुमा शिखर इन्स्योरेन्स परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*