नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगदमा कति ?

१० मंसिर २०८०, आईतवार १०:०६

काठमाडौं । नेपाल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीको गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

nepal insurance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*