नेको इन्स्योरेन्सको नाफा र ईपीएसमा उल्लेख्य बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

तीन महिनामा दुई हजार २४ जना बीमितलाई दावी भुक्तानी
१० मंसिर २०८०, आईतवार १३:३७

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटडले चालु आर्थिक वर्ष ०८०।०८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विभिन्न वित्तीय सूचक अनुसार कम्पनी वित्तीय रुपमा बलियो र व्यवसायिक रुपमा अगाडी बढेको देखिएको छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा उल्लेख्य प्रगती देखिएको छ । यस अवधिमा कम्पनीले ८ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले तीन करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको कुल बीमा शुल्कमा पनि सामान्य अंकले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा सात करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमिशनमा सामान्य गिरावट आएको छ । कम्पनीको उक्त कमिशन एक करोड ४४ लाख रुपैयाँबाट घटेर एक करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीले कम्पनीले २९ करोड २८ लाख रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ ।

चालु आवको प्रथम तीन महिनामा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ । लगानी तथा कर्जाबाट आर्जन हुने आम्दानी ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने ३.०७ प्रतिशतले बढेर ६३ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीले दुई हजार २४ जना बीमितलाई बीमा दावी भुक्तानी गरेको छ । जुन गत आवको तुलनामा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले गत आवको यही अवधिमा दुई हजारमा तीन सय ५६ जना बीमितलाई दावी भुक्तानी गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव ०७ रुपैयाँबाट बृद्धि भई १७.५० रुपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रति शेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*