तीन दशकको गौरवमय यात्रा पुरा गरी चौथो दशकमा पाइला राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

१५ मंसिर २०८०, शुक्रबार १८:००

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आजबाट तीन दशकको यात्रामा पुरा गरेको छ । तीन दशकको गौरवशाली यात्रा पुरा गरी चौथो दशकमा पाइला टेक्दै गर्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले ऐतिहासिक ३० वर्ष लामो अनुभवबाट खरिएको कम्पनीले उच्चस्तरको बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

चौथो दशकमा पाइला टेक्दै गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले ऐतिहासिक बिराशत बोकेको संस्थालाई अझै प्रगति समुन्नतीको मार्गमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सिईओ शाहले आम सर्वसाधारणलाई सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गरेर बीमा पहुँच बृद्धि गरी जनताको जोखिमको रक्षावरणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन् ।

विदेशी बीमा कम्पनीको दबदबा रहेका नेपालको बीमा बजारमा स्वदेशी लगानीमा खुलेको दुई निर्जीवन बीमा कम्पनी साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स हाल हिमालयन एभरेष्टको नामबाट कारोबार संचालन भईरहेको छ । हिमालयन एभरेष्टले बीमा क्षेत्रमा तीन दशकको गौरवमय यात्रा तय गर्दै आफूलाई अनुभवी र एक पाको बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।
२०५० मंसिर १५ हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले बीमा सेवा शुभारम्भ गरेका हुन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०५१ साउन ७ गते सञ्चालनमा आएका थिए । हिमालयन र एभरेष्ट नेपालको दोस्रो पुस्ताका बीमा कम्पनी हो ।

बहुदलीय शासन व्यवस्थाको सुरुवातसँगै सुरु भएको उदारवादी अर्थतन्त्रसँगै हिमालयन जनरल, एभरेष्टलगायतका कम्पनी स्थापना भएको थियो । हिमालयन जनरल २०५० मंसिर १६ र एभरेष्ट २०५१ साउन ७ गते सञ्चालनमा आएका थिए । तत्कालिन अवस्थामा नेपालका दुई व्यापारिक घराना मोहन गोपाल खेतानले एभरेष्ट इन्स्योरेन्स स्थापना गरेका थिए भने नेपाल कमर्शियल इन्टरप्राइजेजका राजकृष्ण श्रेष्ठले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी स्थापना गरेका थिए ।
तत्कालीन समयमा यी कम्पनीको चुक्तापूँजी ३–३ करोड रूपैयाँ थियो । पहिलो वर्ष हिमालयनले ७२ लाख र एभरेष्टले १ करोड ४३ लाख रूपैयाँको बीमा व्यवसाय गरेका थिए ।

पहिलो वर्ष हिमालयनमा १६ र एभरेष्टमा १८ कर्मचारी कार्यरत थिए । शाखा कार्यालयको हकमा हिमालयनको ४ र एभरेष्टको २ थियो । आज दुई कम्पनी मर्जर भई सिंगो कम्पनी बनेको छ र एकीकृत कम्पनीको चुक्ता पुँजि दुई अर्ब ३० करोड रुपैयाँसहित एक सफल र उत्कृष्ट कम्पनी बन्न सफल भइसकेको छ ।

दुई कम्पनी मिलेर थप सशक्त बनाउन यी दुई कम्पनी मिलेर आर्थिक वर्ष २०७९/८० को साउन १ गते देखि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट पहिलो एकीकृत कारोबार गर्ने कम्पनीको रुपमा परिचित छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच गत वैशाख २२ गते मर्जरसम्बन्धी प्रारम्भिक सहमति भएको थियो ।

एक बर्षको फरक समयमा स्थापना सुरु गरेको साविकको हिमालयन इन्स्योरेन्स र एभेष्ट इन्स्योरेन्स बीमा क्षेत्रमा पहिलो मर्जरको इतिहास रच्ने पहिलो कम्पनी हो ।कम्पनीले ३० औं वार्षिकोत्सवका अवसरमा बीमितमैत्री र थप गुणस्तरिय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कम्पनीले यस अवसरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग, सुझाव तथा मार्गनिर्देशन गर्ने नियामक निकाय शुभ चिन्तक तथा शेयरधनीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै थप गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।

मर्जरपश्चात् कम्पनीको ग्रोथ निकै लोभलाग्दो नै रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ४३ करोड रुपैयाँ रकम संचित रहेको छ ।
पहिलो त्रैमासमा कम्पनीले ५४ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएफआरएस अन्तर्गत त्रैमासमा सोल्भेन्सी रेसियो ४.१४ रहेको छ भने एक्पेन्सेस रेसियो १६।५३ प्रतिशत रहेको छ । कम्पनीले हालसम्म ६७ हजार बीमा पोलिसी जारी गरिसकेका छन् भने नविकरणमार्फत ११ हजार पोलिसी नविकरण गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*