अभिकर्ता र सर्भेयरलाई समावेश नगरी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन राख्यो पाँच तारेमा कार्यक्रम

१८ मंसिर २०८०, सोमबार १४:०४

काठमाडौं । अभिकर्ता र सर्भेयर नराखी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन पाँच तारेमा कार्यक्रम राखेको छ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने कार्यक्रममा आफनो भनाई राखेका थिए ।

आफनो अडानबाट बाहिर आए अर्थमन्त्रालय र प्राधिकरण नै घेर्न पुग्ने तयारीमा अभिकर्ता संघ र सर्भेयर संघको रहेको छ । यसै बिषयमा प्राधिकरणले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भने अभिकर्तालाई डाकिएको थिएन् । सम्भवत बीमा अभिकर्ताहरुका लागि पनि प्राधिकरणले कार्यक्रम राख्ने तयारी गरिरहेको स्रोतका अनुसार बुझिएको छ ।

बीमा नियामावली अन्तिम तयारीमा रहेको बेलामा बीमा सर्भेयर र अभिकर्ताहरु फकाउन उक्त राखिएको कार्यक्रममा बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँगको अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले दुबै सङ्घले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमैं समाधान गर्नुपर्छ, विद्यमान कानून अनुसार काम गर्नुपर्छ, बीमा क्षेत्रलाई अघि बढाउन संयुक्तरूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न निर्देशन दिदै अध्यक्ष सिलवालले भने, “बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुबै सङ्घले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको फि तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ।”

 

अध्यक्ष सिलवालले भने , “दुबै सङ्घका पदाधिकारीहरूले नयाँ काम गर्नुप¥यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपयो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुप¥यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुपयो, बीमक र सर्भेयरको कारणले दाबी फछ्र्यौटमा ढिलाई भयो भन्ने गुनासा आउनुभएन ।”

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर र बीमकसँग सम्बन्धित समस्या र समाधान सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
यसैगरी, नेपाल बीमक सङ्घका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर सङ्घका अध्यक्ष मोहन पुरूष ढकालले बीमा सर्भेयर र बीमकबीचको सम्बन्ध, सर्भेयर फि तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*