निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १२ अर्बमाथि, सगरमाथा, सिद्धार्थ र शिखर इन्स्योरेन्स अग्रस्थान कुनको कति ? (सूची सहित)

२० मंसिर २०८०, बुधबार १३:०२

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ८ लाख ८८ हजार ८ सय ७४ वटा बीमा पोलिसी जारी गरेर १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

चार महिनाका अवधिमा सगरमाथा इन्स्योरेन्स पहिलो, सिद्धार्थ प्रिमियम दोस्रो र शिखर इन्स्योरेन्स तेस्रो र हिमालयन एभरेष्ट चौथौ स्थानमा रहेको छ ।सगरमाथा इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्म्मा १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*