आर्थिक मन्दी र मर्जरको असर देखियो बीमा व्यवसायमा, घट्यो सबै निर्जीवन बीमा कम्पनीको व्यापार (सूचीसहित)

२० मंसिर २०८०, बुधबार १४:०९

 

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ लाख ४८ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

असोज महिनाको तुलनामा कात्तिकमा कम्पनीहरुको कुल बीमा व्यवसाय ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीहरुले असोज महिनामा तीन अर्ब ३६ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

नेपाली समुदायको महान चाँडपर्व दशै, तिहार लगायत छठ पर्वहरु कात्तिक महिनामा परेकाले बीमा कम्पनीहरु बन्द रहेका थिए । जसका कारण कात्तिक महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको हो । साथै बीमा कम्पनीको व्यवसायमा आर्थिक मन्दी र मर्जरको प्रभाव परेको देखिएको छ ।

कात्तिक महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २८ करोड ७६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले २६ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २३ करोड २२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले २३ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

असोज महिनाको तुलनामा कात्तिक महिनामा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट आएको छ । यस अवधिमा प्रभु इन्स्योरेन्सको सबैभन्दा कम प्रतिशतले गिरावट आएको छ । कम्पनीको बीमा व्यवसाय ७ दशमलव ४४ प्रतिशतले घटेर १५ करोड १५ लाख रुपैयाँबाट १४ करोड २ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज महिनाका तुलनामा ओरियन्टल इन्स्योरेन्सको ६७ प्रतिशतले सर्वाधिक बीमा व्यवसाय घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*