गत आवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ४% ले घट्यो, आधाको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?

२० मंसिर २०८०, बुधबार १४:१७

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ प्रतिशतले घटेको छ ।आर्थिक क्षेत्रमा परेको मन्दिको असर बीमा क्षेत्रमा पनि देखिएको छ। सो कारण १४ मध्ये ६ कम्पनीको बीमा व्यवसायमा गिरावट आएको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।

व्यवसाय विस्तार पनि उत्साहजनक रुपमा अघि बढ्न नसकेको तथ्यांकले देखाएको छ।

आइएमई जनरल इन्स्योरेन्सका सिईओ योगेश भक्त बादे श्रेष्ठले आर्थिक मन्दीको प्रत्यक्ष असर देखिएको तर अन्य क्षेत्र झै बीमा क्षेत्रमा असर तत्कालका लागि नदेखिएको बताँउछन् ।

गत आर्थिक बर्षमा १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४। ७० प्रतिशतले घटेर १२ अर्ब ७३ करोड रुपैयाँमा सिमित भएको छ ।गत आर्थिक बर्षको कात्तिकको तुलनामा ६ बीमा कम्पनीको बीमा व्यवसायमा गिरावट आएको छ।

यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय मा ५५ प्रतिशतको गिरावट आएको छ।

सिद्धार्थ प्रिमियमको १८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १६ प्रतिशत, युनाईटेड इन्स्योरेन्सको १४ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत र सगरमाथा इन्स्योरेन्सको ७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

वृद्धिदरको आधारमा सानिमा जिआईसी र प्रभु इन्स्योरेन्स अग्रस्थामा रहेको छ।सानिमा जिआईसीको व्यवसायीक वृद्धिदर मर्जरपछि ७१ प्रतिशत पुगेको छ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको बीमा व्यवसाय ४४ प्रतिशतले बढेको छ।

त्यस्तै, क्रमशगत व्यवसाय हेर्ने हो भने सगरमाथा, सिद्धार्थ र शिखर इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी व्यवसाय विस्तारमा अग्रस्थानमा रहेका छन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*