सानिमा जिआईसी इन्स्योरेन्सको अभिमुखिकरण तालिम सम्पन्न

२२ मंसिर २०८०, शुक्रबार १६:१२

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्दीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

कम्पनीले आज (शुक्रवार) होटल अकामामा, धुम्बराहीमा संचालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, संचालक समिति तथा कर्मचारीहरुको उपस्थितिमा नेपाल बीमा प्राधिकरणका उप–निर्देशक साम्बराज लामिछानेको प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै परीपालन तथा कार्यान्वयन विभागका अधिकृत भद्र बहादुर विष्टले एएमएल र सीएफटी सम्बन्धी कार्यक्रम प्रभावकारी रहेको साथै यस्तो कार्यक्रम शाखाहरु स्तर सम्म संचालन गर्दै लगिने कुरा व्यक्त गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*