एसियाकै दोस्रो लामो नगरकोटको जिपलाइनले सेवाग्राहीको सुरक्षाको लागि १० लाखको दुर्घटना बीमा

२९ मंसिर २०८०, शुक्रबार १५:२१

काठमाडौं ।  नेपालमा साहसिक रुपमा खेलिने खेलहरुमा रमाईलोको साथै जोखिम पनि उत्तिकै मात्रामा रहेको पनि छ । ती जोखिमहरुबाट बच्नको लागि बीमा पनि एक उत्तम उपाय रहेको छ । सरकारको मापदण्ड अनुसार यस्ता रिर्सोटहरुमा अनिवार्य रुपमा र्दुघटना बीमा गनुपर्ने व्यवस्था गरिएको छ । नेपालमा रहेका सम्पूर्ण रिर्सोटहरुले सरकारको मापदण्ड अनुसार दुर्घटना बीमा गराईरहेका छन् ।

नगरकोटमा भर्खरै मात्र संचालमा आएको जीप लाईनले पनि सेवाग्राहीको सुविधाको लागि १० लाख सम्म दूर्घटना बीमा गराएको कम्पनीका संचालक केदार थापाले जानकारी दिएका छन् । यसै गरि कम्पनीका संचालक केदार थापाले यी राईडरहरुको टिकट मार्फत नै बीमाको लागि केही रकम छुटएका छौँ । टिकट मार्फत नै राईडरहरुको फर्म भर्दा प्रतिव्यक्ति बीमाको लागि लिने गरेको बताए ।

हामीले यो जोखिमको सुरक्षण सानिमा जिआईसी मार्फत गराएका छौँ । टिकट मार्फत लिएको रकम साप्ताहिक रुपमा प्रिमियमको रुपमा पनि तिर्ने जानकारी दिए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नगरकोट जिपलाइनको उद्घाटन खनज गरेका छन् ।

मन्त्री किराँतीले नेपालको पर्यटन स्थानीय स्वामित्वसहितको हुनुपर्ने बताउँदै जिपलाइन खुलेकोमा खुसी व्यक्त गरे।‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु। नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो। यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाइन खुल्नु निकै राम्रो कुरा हो।’

नेपालको पर्यटनले गति लिइरहेको समेत उनले बताए। ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ। जुन निकै राम्रो कुरा हो। यो जिपलाइनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ।’२.२५० किलोमिटर लामो जिपलाइन भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको ६ र ७ वडामा अवस्थित छ। यो एसियाकै दोस्रो लामो जिपलाइन भएको निर्माणटिमको दाबी छ। ४ करोड लगानीमा निर्माण भएको यो जिपलाइनमा प्रतिव्यक्ति ४ हजार ५ सय टिकट रहेको छ।

साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) अन्तर्गत पछिल्लो समय मुलुकमा जिपलाइन निर्माणको लहर बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाइन सुरु गरिएको सञ्चालक केदार थापाले जानकारी दिए।

सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाइन सञ्चालन गरिएको सञ्चालक थापाको भनाइ छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*