बैजनाथ गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम सम्पन्न

१ पुष २०८०, आईतवार ११:२०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांके जिल्लाको बैजनाथ गांउपालिकाको वडा नंम्बर ५ को जि गांउमा कृषी तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ ।

कम्पनीले मंसिर ३० गते बैजनाथ गांउपालिका आर्थिक बिकास समिती संयोजक एबम् वडा नंम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको प्रमुख आतिथ्य र कम्पनीका बिजनेशको अर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा वडा नंम्बर ५ का वडा अध्यक्ष देव बहादुर रावत, बैजनाथ गांउपालिकाका पशु सेवा शाखाका प्रमुख खडक बहादुर सिंह, कृषि बिकास शाखाका प्रमुख प्रमोद कुमार बिश्वकर्मा, कम्पनीका नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख बिवेक भण्डारी, बजार प्रतिनिधी रजिश भण्डारी, दावी बिभागका सहायक चित्र बहादुर बिक, कम्पनीका कोहलपुर शाखाका शाखा प्रमुख आशिष मल्ल लगायत बिभिन्न तहका सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेशामा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कम्पनीका कोहलपुर उपशाखा कार्यालयका प्रमुख आशिष मल्लले स्वागत मन्तव्य राखेका थिए भने कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्वका बारेमा जानकारी गराउदैं पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका थिए ।

मन्तव्यकै क्रममा कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले पशु बीमा गर्दा पशुपालक किसानहरुलाई बीमा शुल्कमा संघिय सरकारले प्रदान गरीरहेको ८० प्रतिशत अनुदानमा चालु आव देखी पालिकाद्वारा २० प्रतिशत थप गरी सत प्रतिशत अनुदान दिएर पशुबीमा गर्नमा किसानहरुलाई प्रोत्साहित गर्नु भएकोमा बैजनाथ गांउपालिका लाई धन्यवाद व्यक्त गर्नुहुंदै अन्न बाली बीमा मा समेत कृषकहरुलाई सहभागिताको लागि अनुरोध गरेका थिए ।

साथै, कार्यक्रममा प्रमुख अतिथी प्रेम बहादुर शाहीले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर आयोजना गर्नु भएकोमा खुशी व्यक्त गर्नु हुंदै पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियान को रुपमा अगाडी बढाउन एनएलजी ईन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे ।

उक्त छलफल कार्यक्रममा वडा नंम्वर ५ का वडा अध्यक्ष देव बहादुर रावत, पशुसेवा शाखाका प्रमुख खडग बहादुर सिंह, कम्पनीका क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख बिवेक भण्डारीहरुले आ–आफ्ना धारणाहरु राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*