एक बर्षमा चक्रवात् आँधीबाट ४६० बिलियन अमेरिकी डलर बराबरको विश्वव्यापी बीमा क्षति

१ पुष २०८०, आईतवार ११:१८

काठमाडौ। सन् २०२३ मा मात्रै चक्रावात् आँधीबाट ४६० बिलियन अमेरिकी डलरको बराबरको विश्वव्यापी बीमा क्षति भएको एक रिर्पोटले देखाएकोछ । अमेरिकामा मात्र प्राकृतिक प्रकोपले १०० विलियन डलर नाघेको छ । स्विस रि इन्स्टिच्युटले आफ्नो नयाँ रिपोर्टमा उल्लेख गरेको छ ।

चक्रावात् आँधी एससीएसको जोखिममा छ । यसको भौगोलिक स्थानको कारणले, अमेरिकामा सन् २०२३ मा बीमा घाटा दर बढेको दाबी स्विस रिको प्रतिवेदनमा उल्लेख गरिएको इन्सुरेन्समा प्रकाशित भएको छ ।

त्यसबाट वर्षेनी रुपमा नै ५० अर्ब अमेरिकी डलर बढ्दै जाने बताएको छ, स्विस रि प्रतिवेदनका अनुसार प्राकृतिक प्रकोपमा आफ्नो प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये प्रत्येकले १ अर्ब अमेरिकी डलर र माथिको बीमा घाटा निम्त्यायो । युरोपले पनि आँधीबेहरीबाट बीमाकृत क्षतिमा वृद्धि वेहोर्नु परेको देखाएको छ । इटालीमा सन् २०२३मा सबैभन्दा बढी प्रभावित भएको थियो । यसको अघिल्लो वर्ष फ्रान्समा पनि भयो । इटालीले ३.३ अर्ब अमेरिकी डलर भन्दा बढीको घाटा अनुमान छ । इटालीमा सबैभन्दा महँगो प्राकृतिक प्रकोप सम्बन्धी बीमा घाटा वेहोर्नु परेको स्विस रिको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकामा जोखिमपूर्ण चक्रावात आँधीका कारण ४५० अर्ब अमेरिकी डलरको बीमित घाटा गत ३० वर्षदेखि ठूला आँधीबेहरीबाट हुने नोक्सानी लगातार ७ प्रतिशतले वार्षिक रूपमा बढेको जनाएको छ । सन् २०२३ को अघिल्लो पाँच वर्षको औसत ३२ अर्ब डलरको तुलनामा झण्डै ९० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै, अघिल्लो १० वर्षको तुलनामा दोब्बरले भएको जनाएको हो । वर्षको औसत २७ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ ।

सन् २०२३मा जोखिमयुक्त आँधीबेहरीको उच्च आवृत्ति प्राथमिक बीमा उद्योगका लागि ठूलो संकट बनेको छ । “स्विस रि समूहका प्रमुख अर्थशास्त्री जेरोम जीन हेगेलीले एक विज्ञाप्ति प्रकाशित गरि टिप्पणी गरे अनुसार :
समग्रमा बीमा कम्पनीहरुले विश्वव्यापी प्राकृतिक प्रकोपहरू (एससीएस)को सामना गर्नु परेको छ । बीमाकर्ताहरूलाई सन् २०२३ मा १०० अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

६ अर्ब को बीमा घाटा सहँदै टर्की र सिरियामा गएको महाभूकम्प आजसम्मको सबैभन्दा महँगो प्राकृतिक प्रकोपको वर्षको रुपमा हेरिएको छ । जबकि मोरक्कोमा गएको भूकम्प सन् १९०० पछि देशमाथि प्रहार भएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, स्विस रिले भनेको छ ।

पुनर्बीमा उद्योगले यस वर्ष २६९ अर्ब अमेरिकीको आर्थिक नोक्सान लगभग ४०% पूर्ति गरेको छ । जसले भविष्यमा हुने क्षतिको विश्वभरि जोखिम मोल्नु पर्ने आशंकाको सङ्केत गर्दछ । आर्थिक क्षतिको मूल्याङ्कन प्राकृतिक प्रकोपबाट २६० अर्ब अमेरिकी डलर र मानव निर्मित घटनाहरूका लागि ९ अर्ब अमेरिकी डलर जोड्नु पर्छ ।

“बीमा उद्योगका लागि, तत्कालका घटनाहरूले बढ्दो घाटा उन्मूख भएको अनुमान गर्न बलियो आधारहरु देखाइएको छ । तैपनि, यस खतराको गहिराई र बुझाइलाई अगाडि बढाउन र यसको सामना गर्नका लागि, सर्वसाधारण बीमाकर्ताहरूबाट बीमा गरिएको एक्सपोजर र वृहद तथ्याङ्कको वितरणमा राम्रो अन्तरदृष्टि प्राप्त गर्न सके महत्वपूर्ण भूमिका खेल्न सक्छ । बाल्ज ग्रोलिमुण्डका ले भने अनुसार प्रमुख प्रकोपको सामना गर्न तयारी रहनु पर्ने उल्लेख गरेका छन् । बीमा प्रिमियमहरूले विशेष गरी बढ्दो घाटा हुने सम्भावनालाई पूर्ति गर्न सम्भावित जोखिमलाई पर्याप्त रूपमा अध्ययन गर्न मद्दत पुगेको पनि उल्लेख छ ।

स्विस रिको प्रतिवेदनमा उल्लेख भएअनुसार हानिनोक्सानीका अनुमानहरू प्रारम्भिक छन् र परिवर्तनको अधीनमा छन् किनकि सबै हानिनोक्सानीबाट उत्पन्न घटनाहरू पूर्ण रूपमा मूल्याङ्कन गरिएको छैन ।

साभार : इन्सुरेन्स जर्नल ७ डिसेम्बर २०२३

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*