यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्ने

२ पुष २०८०, सोमबार ०८:४७

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्न लागेको हो ।

यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तिमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएकाले आवश्यक कागजातसहित पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साथै, अभिकर्ताले बीमा इजाजत पत्र प्राप्त गर्न परीक्षा उत्तीर्ण गर्नुपर्ने भएकाले सो तालिममा सहभागी तथा कम्पनीबाट अभिकर्ता इजाजत पत्र लिन बाँकीले पुस ६ गते सञ्चालन हुने लिखित परीक्षामा सहभागि हुन कम्पनीले आग्रह गरेको छ ।

तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म गौर, रौतहटमा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*