नेको इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, माघ १२ गते बार्षिक साधारणसभा आह्वान

२० पुष २०८०, शुक्रबार ०९:०३

काठमाडौं नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले यसवर्ष लाभांश वितरण नगरी बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

नेको इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरी बार्षिक साधारणसभा आह्वान गरेको आज प्रकाशित सूचनामा उल्लेख छ । बार्षिक साधारणस सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक वित्तिीय विवरण पारित गर्नेछ । त्यस्तै,आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

बार्षिक साधारण सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । साधारणसभा सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*