सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?
२७ पुष २०८०, शुक्रबार ११:२२

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला तीन सय रुपैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला छापावाला सुन १ लाख १८ हजार ३०० र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यपनि १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कायम भएको छ ।












