कर्मचारी सञ्चय कोषले आजदेखि सञ्चयकर्ता दम्पतीकै उपचार खर्च व्यहोर्ने

२ माघ २०८०, मंगलवार ०७:४७

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले आजेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति /पत्नीलाई समेत यो योजनामा समावेश गरिएको कोषले जनाएको छ ।

‘कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने ब्यहोरा जानकारी गराएको छ ।

‘साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति ÷ पत्नीलाई समेत समावेश गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । पुनश्चः, नयाँ व्यवस्था बमोजिमको अस्पतालहरूको सूची कोषको वेबसाईटमा हेर्न सकिनेछ ।

कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति ÷ पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न कोषले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*