घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
४ माघ २०८०, बिहीबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपौयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












