लगनखेल वितरण केन्द्र अन्तर्गतका केहि स्थानमा भोलि विद्युत सेवा बन्द हुने
४ माघ २०८०, बिहीबार १८:०९
काठमाडौँ । लगनखेल वितरण केन्द्र अन्तर्गतका केहि स्थानमा भोलि अर्थात माघ ५ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै माघ ५ गते लगनखेल वितरण केन्द्रका केहि स्थानमा विद्युत अवरुद्ध हुने भएका हुन ।
माघ ५ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्यका लागि विद्युत अवरुद्ध हुने भएको हो ।
विद्युत सेवा गोदावरी न.पा. ११, १२, ५ र ६ लेले, टिकाभैरव, नल्लु, चापागाँय, टाखेल, ठेचो, झरुवारसि लगायतका स्थानमा विद्युत बन्द हुने भएको हो ।