बिहिबार राति राजस्व अनुसन्धान विभागको चार ठाउँमा छापा, अग्रवाल २ करोड ३० लाखसहित पक्राउ
५ माघ २०८०, शुक्रबार १३:००

काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बिहिबार राति प्रहरीले काठमाडौँका विभिन्न स्थानमा छापा हानेको हो ।
हुन्डी र क्रिप्टो कारोबारी भएको आरोपमा कपडा ब्यापारी नरेश अग्रवाल २ करोड ३० लाख रुपैयाँ नगदसहित पक्राउ परेको छ । बिहिबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो।
राजस्व अनुसन्धान विभागले थप तिन जनालाई कलङ्कीको भाटभटेनीबाट पक्राउ गरेको छ । हुन्डी कारोबार रकम एक ठाउँबाट अर्काे ठाउँ पुराएको भन्दै दिपक ठकुरी, मनमोहन शाह र दिवस कार्की पक्राउ परेका हुन् ।












