नापी भएर दर्ता छुट भएका जग्गाको लालपूर्जा पाइने, कहिलेसम्म पाइन्छ त्यस्तो सुविधा ? (निर्णयसहित)
काठमाडौं । सरकारले नापी भइसकेर अहिलेसम्म जग्गाधनी प्रमाण पूर्जा अर्थात् लालपूर्जा नपाएकाहरुका लागि महत्वपूर्ण निर्णय गरेको छ । नापजाँच भई दर्ता छुट भएको जग्गा दर्ता गरि लालपूर्जा प्राप्तीका लागि जग्गावालालाई सरकारले दुई वर्षको समय दिएको हो ।
सरकारले मातपोत नियमावली २०३६ को नियम ४ क को उपनियम (१) बमोजिमको सूचन नेपाल राजपत्रमा प्रकाशित गरेर जग्गा (नापजाँच) ऐन २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने जग्गावालाले सम्बन्धित मातपोत कार्यालयमा निवेदन दिने म्याद २ वर्ष तोकेको हो ।
त्यसरी दर्ता छुट भएका जग्गावालाले नयाँ निवेदन दिन सक्ने र यसअघि निवेदन दिएर पनि फर्छ्योट हुन नसकेकाको हकमा पुनः फर्छ्योटको म्याद पनि २ वर्ष नै तोकिएको छ । माघ ३ गते बसेको मन्त्रिपरिषद बैठकले यो सुविधा प्रदान गरेको हो ।
हेरौँ, मन्त्रिपरिषदका निर्णय