आज सिंहदरबार परिषर भित्र विद्युत सेवा बन्द
६ माघ २०८०, शनिबार ०६:३०
![](https://www.beemapost.com/wp-content/uploads/2024/01/be10ab8d-4bd4-40f6-96a4-76ac7d0dc048.jpg)
काठमाडौँ । आज अर्थात माघ ६ गते सिंहदरबार परिषर भित्र विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
निर्माणधीन संघिय संसद भवनको मूल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान कार्यको लागि सिंहदरबार परिषद भित्र, जिल्ला समन्वय समिति, महालेखा परीषकको कार्यालयमा बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।