आइतबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?
७ माघ २०८०, आईतवार ११:१३

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यस दिन सुन प्रतितोला४०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ तोकिएको छ ।