आइएमई पे एपमा रु १ को खेलः उपहारमा अल्टिमा लाइफस्टाईलका प्रडक्ट

७ माघ २०८०, आईतवार १२:१६

काठमाडौं । आइएमई पेले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक गरेको छ ।

यस अघिपनि आफ्नो एप भित्र विभिन्न प्रकारका खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाईलसँग समन्वय गरेर रु १ को खेल सुरु गरेको छ । खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखिएको पेले जनाएको छ ।

कम्पनीका अनुसार आइएमई पे एपका प्रयोगकर्ताले रु १ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । साथै अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट सुविधा पनि रहेको पेले बताएको छ ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्टः अल्टिमा बुम १६१ क्यूमा पनि आइएमई पेमार्फत खरिद गर्दा छुट पाइनेछ । साथै प्रयोगकर्ताले दराज एपबाट माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यू खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशत अतिरिक्त छुट पनि प्राप्त गर्न सकिने पेले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*