राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा

७ माघ २०८०, आईतवार १६:४३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा प्रदान गरिएको छ । यसको प्रथम पुरस्कार उत्तर बहादुर ऐरले जितेका छन् । उनले प्रतिस्पर्धी अभिकर्ताहरुलाई पछि पार्दै ३० हजार नगद र एक लाखको व्यक्तिगत दुर्घटना बीमासहित प्रशंसापत्र प्राप्त गरेका छन् । उनले करिब ५५ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

शुक्रवार काठमाडौंमा सम्पन्न अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रममा ऐरसहित उत्कृष्ट दश जनालाई नगद, दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

यसरी द्वितीय देखि दशौँ सम्मको पुरस्कार क्रमशः बलराम श्रेष्ठ, उमेशराज उपाध्याय, नारायण गिरी, सन्तोष कुमार अवस्थी, रामराजा तिवारी, धर्मराज अधिकारी, लक्ष्मी साउद, पदमबहादुर बुढाएर र सुरेश थारुले जितेका छन् ।

द्वितीय र तृतीयले क्रमशः २५ र २० हजार, अन्यले १० हजार नगद सहित एकलाखको व्यक्तिगत दुर्घटना वीमा जितेका हुन् । त्यसैगरि प्रत्यक्ष बीमाशुल्क आर्जनमा योगदान गर्ने अन्य दुई अभिकर्ता लक्ष्मण नेपाल र खड्ग श्रेष्ठलाई पनि दोसल्ला र टोकन अफ लभले अभिनन्दन गरिएको थियो।

संचालक समिति सदस्य सागर कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास कोईरालाले स्वागत मन्तव्य राखेका थिए ।

व्यवस्थापक निरन्जन आचार्य, दिपक खनाल, मोहन तिम्सिना, पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भु प्रसाद ढुंगानाका साथै कर्मचारी नेताको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बजार व्यवस्थापन प्रमुख देवराज घिमिरेले संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*