आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच नगदरहित सेवा सम्झौता

८ माघ २०८०, सोमबार १५:४२

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ब्लू क्रस हस्पिटल प्रा.लि. बीच नगद रहित सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ब्लू क्रस हस्पिटलमाबाट नगद रहित हस्पिटलाईजेशन सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

उक्त अवसरमा कम्पनीका सहायक महाप्रबन्धक आर्चायले कम्पनीसँग औषधोपचार बीमालेख खरिद गरी ढुक्कसँग सेवा लिन सक्ने प्रतिवद्धता व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*