दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्बमाथि, शिखर, सगरमाथा,सिद्धार्थ अग्रस्थानमा, अन्य कुनको कति ?

११ माघ २०८०, बिहीबार १८:३४

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्ममा १९ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

दोस्रो त्रैमासको अवधिसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा सिद्धार्थ प्रिमियम रहेको छ। कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

चौथौमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Source: Nepal Beema Pradikaran

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*