कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतीको विश्वसनीयतामा ठूलो धक्का लागेको छ भन्दै संसदीय समितिमा संघको पत्राचार

१६ माघ २०८०, मंगलवार २१:२१

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतीको विश्वसनीयतामा ठूलो धक्का लागेको भन्दै संसदीय समितिमा नेपाल बीमक संघले पत्राचार गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरूको छाता संगठन (नेपाल बीमक संघ) ले कारोना बीमाको रकम पाउने आशमा आम जनता सरकारको मुख ताकेर बसेको भन्दै बाँकि रकम भुक्तानी गरिदिन आग्रह गर्दै संसदीय समितिमा निवेदन पेश गरेको छ ।

कोरोना बीमाको रकम दिने बिषयमा सरकारले वेवास्ता गरेको भन्दै् नेपाल बीमक संघले संसदीय समितिमा निवेदन पेश गरेको संघले जनाएको छ । सरकारले कोरोना बीमाको पैसाको बिषयमा कुनै ठोस निर्णय नदिँदा कम्पनी र बीमित दुबै अन्यौलमा परेका छन् ।

केही समयअघि पुन डकुमेन्ट हेरेर मात्रै रकम भुक्तानी गर्ने बिषयमा अर्थमन्त्रीले एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । तर हालसम्म पनि कुनै निर्णय नदिँदा निर्जीबन बीमा कम्पनीका सीईओहरूको छाता संस्था नेपाल बीमक संघले सरकारलाई झक्झकाएको हो ।

संघले आम सर्वसाधारण, कानून बमोजिम दर्ता भएका कम्पनी संस्थाहरूको अन्तिम विश्वासको केन्द्र भनेको देशको सरकार नै रेको भन्दै देशको सरकारको वचनबद्धता समेत पालन नभएमा कसको विश्वास गर्ने भन्ने प्रश्न उब्जिएको छ र आज आम नागरिकहरू सरकारको मुख ताकेर बसिरहेको बिष्यामा सरकारलार्य ध्यानाकर्षण गराएको छ ।

भर्खरै बीमा सम्बन्धी केही सचेतना वृद्धि भएको अवस्थामा बीमालाई हरेक नागरिकसम्म पुयाउनु पर्नेमा ठूलो संख्यामा बीमा गरेका नागरिकहरूले बीमा दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतिको विश्वसनीयतामा ठूलो धक्का लागेको भन्दै यस बिषयलाई गम्भीर रूपमा लिन आग्रह समते संघले गरेको छ ।
आम जनमानसमा बीमा सम्बन्धी सकारात्मक प्रभाव परोस्, बीमा गरेपछि दावी पाइन्छ भन्ने कुरामा ढुक्क हुन सरकारको राजश्वमा पनि उल्लेख्य वृद्धि होस् भन्ने मनसायका साथ निजीवन बीमा कम्पनीको छाता संगठनको रूपमा रहेको यस संघ सार्वभौम जनताको प्रतिनिधिमूलक देशको सर्वोच्च संस्था विधायिकाको सार्वजनिक लेखा समिति समक्ष सरकारको प्रतिवद्धता अनुरूप कोरोना बीमाको दावी भुक्तानी गर्न रकमको निकासाको लागि नेपाल सरकारलाई निर्देशन प्रदान गर्न आग्रह समेत गरेको छ ।

  1.  

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*