निर्जीवन बीमा ब्यवसायः मधेशबाहेक अन्य ६ वटै प्रदेशको घट्यो, कुनको कति ?

१८ माघ २०८०, बिहीबार १३:३३

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा अन्य ६ मा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ ।

हाल संचालकनमा रहेका निर्जीवन बीमा कम्पनीका बीमा शुल्क आर्जन अधिकांश प्रदेशमा घटेको हो । पुष समान्तसम्मको तथ्याङ्क अनुसार मधेशबाट बीमा शुल्क आर्जन ४.०५ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४५ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीको ब्यवसाय उक्त प्रदेशमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, बीमा शुल्क आर्जन चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्णालीको ०.०४ प्रतिशतले घटेर १८ करोड ५१ हजार रुपैयाँ, कोशीको ०.३८ प्रतिशतले घटेर १ अर्ब ७२ करोड २ लाख रुपैयाँ, सुदूरपश्चिमको १.४१ प्रतिशतले घटेर ५१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

साथै, लुम्बिनीको बीमा शुल्क आर्जन २.३० प्रतिशतले घटेर १ अर्ब ८१ करोड रुपैयाँ, गण्डकी प्रदेशको ३.२२ प्रतिशतले घटेर १ अर्ब १० करोड रुपैयाँ र बाग्मतीको सर्वाधिक ४.४७ प्रतिशतले घटेर १ अर्ब २७ करोड रुपैयाँमा सिमित भएको छ ।

 रु.हजारमा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*