नेको इन्स्योरेन्सको खुद नाफा बृद्धि, सबै सूचांकमा प्रगति गर्दै अर्बमाथिको बीमा कारोबार

१ फाल्गुन २०८०, मंगलवार ०७:४१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्स कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बृद्धि भएको छ ।

कम्पनीको बीमा व्यवसायको एक अर्ब नघाउन सफल भएको छ । गत आवको यसै अवधीमा एक अर्ब चार करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा एक अर्ब नौ करोड ४१ लख ७५ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधीमा नेको इन्स्योरेन्स कम्पनीको बीमा कोषमा तीन अर्ब ६३ करोड ३५ लाख ५१ हजार रुपैयाँ संचित गरेको छ भने जगेडा कोषमा ३६ करोड र महाविपत्ति कोषमा १२ करोड रुपैयाँ संचिती गरेको छ ।

कूल चुक्ता पुँजि दुई अर्ब एक करोड रहेको कम्पनीले चालु आवको छ महिनामा २२ करोड १२ लाख ६७ हजार ६७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त रकम गत आवको तुलनामा दुई करोड ९२ लाख रुपैयाँले बढि हो । कम्पनीको प्रतिशेयर आम्दानी पनि २१.९९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी २१.९५ रुपैयाँ रहेको थियो । पिई रेसियो ३८.३४, नेटवर्थ २३० रुपैयाँ रहेको छ ।

कम्पनीले समीक्षा अवधीमा एक अर्ब १५ करोड आम्दानी गरी ६९ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक संकटका बीचमा बीमा व्यवसाय बृद्धि गर्न सफल भएको कम्पनीको समग्र सूचांकमा प्रगति गर्न सफल भएको छ भने अधिकांश सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*