आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

२० फाल्गुन २०८०, आईतवार १२:०८

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा आज (फागुन २० गते) सम्पन्न भएको हो ।

कम्पनीको सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्वारा प्रस्तुत गत आवको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*