एनएलजी इन्स्योरेन्सद्वारा बाँकेको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

२५ फाल्गुन २०८०, शुक्रबार ११:४२

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य र इन्स्योरेन्सका नेपालगंज शाखा प्रमुख बिवेक भण्डारीको सभापतित्वमा फागुन २४ गते कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सचेतना कार्यक्रममा वडा नं. ५ का वडा सदस्य जहिर यादव, कम्पनीका बजार प्रतिनिधी रजिश भण्डारी, दाबी बिभाग का कर्मचारी चित्र बिकलगायत बिभिन्न तहका सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेशा मा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

शाखा प्रमुख भण्डारीले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्व का बारेमा जानकारी गराएका थिए । उनले पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका हुन् ।

मन्तव्यकै क्रममा प्रमुख अतिथी थापाले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर आयोजना गर्नु भएकोमा खुशी व्यक्त गरे । पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी ईन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे । थापाले सरकारद्वारा ल्याईएको कृषि तथा पशुपंक्षी बीमाको लागि पालिकाबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी जम्मा ६३ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भु्क्तानी मा सहजता ल्याउनु पर्ने, समयानुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने, बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए । छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका शाखा प्रमुख भण्डारीले दावी भुक्तानी छिटो छरीतो रुपमा भईरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरीने प्रतिबद्धता व्यक्त गरे ।

उक्त छलफल कार्यक्रमको संचालन कर्ण प्रिय रानाले गरेका थिए भने पशु प्राबिधिक डिल्ली बहादुर खड्काले बीमाका प्रक्रियाहरु र किसानहरुले पालना गर्नुपर्ने प्राबिधिक बिषयमा सहजीकरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*